२१ आश्विन २०८१, सोमबार
,
Latest
‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश घण्टापछि खुल्योे अरनिको राजमार्ग



अ+ अ-

बनेपा । पुन्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरुद्ध भएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुलबजार खण्डमा पानीको बहाव घटेपछि करिब दश घण्टापछि यातायात सञ्चालनमा आएको छ ।

 पुलबजार डुबानमा परेको कारण आज बिहान २ः०० बजेदेखि अवरुद्ध भएको सडकखण्ड खोलामा पानीको बहावसँगै केअस्बेर पहिलेदेखि यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ । आइतबार रातिदेखि परेको भारी वर्षाका कारण नालाहुँदै बनेपा–पनौती भएर बग्ने पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपा पुलबजार क्षेत्र डुबानमा परेपछि बिहान २ बजेदेखि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत बनेपा खण्डमा यातायात ठप्प भएको थियो । 

खोलामा आएको बाढीले बनेपा नगरपालिका– ९ र १० को सिमानामा पर्ने पुलबजार क्षेत्रको पुललगायत बजार क्षेत्र नै पूरै डुबानमा परेका कारण चल्न नसकेको यातायातका साधन अहिले सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।