२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा ओली पक्षकी एमाले सांसदले रोजिन् नेकपा एस



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेकी प्रदेशसभा सदस्य माया तामाङ बोहराले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् ।

यसअघि एमालेमा संस्थापन पक्ष अर्थात् अध्यक्ष केपी शर्मा ओली पक्षको भनेर चिनिएकी बोहराले सोमबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गरेकी हुन् । 

एमाले र माओवादीको एकतापछि बनेको नेकपा र एमालेको अनौपचारिक विभाजनका बेला उनी अध्यक्ष ओलीको पक्षमा रहँदै आएकी थिइन् । 

यस्तै एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षीय १७ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मतको पक्षमा रहँदा उनी भने विपक्षमा थिइन् ।