२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ



अ+ अ-

भोजपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी टेम्केमैयुङ गाउँपालिका-५ केरावारी बस्ने ५३ वर्षीय मन केशर राईलाई वारदात घटना पश्चात २७ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।  

टेम्केमैयुङ गाउँपालिका-७ बस्ने २५ वर्षीय राजधन राईको २०५० मंसिर ३ गते हत्या भएको घटनामा संलग्नमध्ये राईलाई जिल्ला अदालत भोजपुरको २०६१ भदौ २८ गतेको फैसलाले ३ वर्ष कैद सजाय ठहर भई वारदात घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले भोजपुर सदरमुकाममा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत भोजपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि भोजपुर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।