२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

संखुवासभा हत्याकाण्डः एक्लो बने ९० वर्षीय वृद्ध

संखुवासभा हत्याकाण्डः एक्लो बने ९० वर्षीय वृद्ध
अ अ+ अ-

काठमाडौं । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या हुँदा बौद्धमान कार्की मात्रै जिवित रहेका छन् । ९० वर्षीय उनी राम्ररी कान सुन्दैनन् भने आँखा पनि धमिलो देख्छन् । बिरामी र वृद्धावस्थाले ओछ्यानमा थला परेका यी वृद्धले अब आफ्नो बाँकी जीवन एक्लै काट्नुपर्ने भएको छ ।

उनी भाग्यले बाँचेका हुन् वा हत्याराले उनलाई छोडिदिएका हुन् भन्ने प्रहरी अनुसन्धानबाट पत्ता लाग्ला । प्रारम्भिक बयानमा उनले आफूले केही थाहा नपाएको बताएका छन् । घटना घट्दा उनी घरमै थिए ।

७ वर्षकी बालिकादेखि ८४ वर्षकी वृद्धासम्मले ज्यान गुमाएका छन् ।  ५८ वर्षीय तेज कुमार कार्की, ५१ वर्षीय मन माया कार्की, २६ वर्षीय रञ्जना घिमिरे कार्की ९ वर्षीय दिपेन कार्की र ३ वर्षीय गोमा कार्कीको निधन भएको छ । 

प्रत्यक्षदर्शीहरुका अनुसार यो हत्याकाण्ड निकै रहस्यमय देखिएको छ । घटना कहिले र कतिबेला भएको हो भन्ने पनि एकिन हुन सकेको छैन । छिमेकीहरुलाई सोमबार बिहान ९ बजेमात्रै घटनाबारे थाहा भएको बताइएको छ । ६ जनाको शव यततत्र छरिएको अवस्थामा फेला परेको छ ।

६ जनामध्ये ४ जनाको शव छुट्टाछुट्टै ठाउँमा भेटिएको थियो । ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया रञ्जना कार्कीको शव घर छेउको खोल्सामा भेटिएको छ । यस्तै छोरा तेजकुमार कार्कीको शव सडकमा भेटिएको छ । २ जना नातिनातिनी दिपेन र गोमाको शव घरमाथि खरबारीमा भेटिँदा ८४ वर्षीया पार्वतीको शव भने घरभित्रै फेला परेको थियो ।

बौद्धमानले कसैसँग आफूहरूको कुनै रिसइबी नभएको बताएका छन् ।  घटनाको छानविनका लागि तालिमप्राप्त कुकुरसहित प्रहरी उच्च अधिकारीको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । 

यो पनिः संखुवासभा हत्याकाण्डः शव भोलिमात्र उठाइने