२१ आश्विन २०८१, सोमबार
,
Latest
‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभा हत्याकाण्डः एक्लो बने ९० वर्षीय वृद्ध



अ+ अ-

काठमाडौं । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या हुँदा बौद्धमान कार्की मात्रै जिवित रहेका छन् । ९० वर्षीय उनी राम्ररी कान सुन्दैनन् भने आँखा पनि धमिलो देख्छन् । बिरामी र वृद्धावस्थाले ओछ्यानमा थला परेका यी वृद्धले अब आफ्नो बाँकी जीवन एक्लै काट्नुपर्ने भएको छ ।

उनी भाग्यले बाँचेका हुन् वा हत्याराले उनलाई छोडिदिएका हुन् भन्ने प्रहरी अनुसन्धानबाट पत्ता लाग्ला । प्रारम्भिक बयानमा उनले आफूले केही थाहा नपाएको बताएका छन् । घटना घट्दा उनी घरमै थिए ।

७ वर्षकी बालिकादेखि ८४ वर्षकी वृद्धासम्मले ज्यान गुमाएका छन् ।  ५८ वर्षीय तेज कुमार कार्की, ५१ वर्षीय मन माया कार्की, २६ वर्षीय रञ्जना घिमिरे कार्की ९ वर्षीय दिपेन कार्की र ३ वर्षीय गोमा कार्कीको निधन भएको छ । 

प्रत्यक्षदर्शीहरुका अनुसार यो हत्याकाण्ड निकै रहस्यमय देखिएको छ । घटना कहिले र कतिबेला भएको हो भन्ने पनि एकिन हुन सकेको छैन । छिमेकीहरुलाई सोमबार बिहान ९ बजेमात्रै घटनाबारे थाहा भएको बताइएको छ । ६ जनाको शव यततत्र छरिएको अवस्थामा फेला परेको छ ।

६ जनामध्ये ४ जनाको शव छुट्टाछुट्टै ठाउँमा भेटिएको थियो । ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया रञ्जना कार्कीको शव घर छेउको खोल्सामा भेटिएको छ । यस्तै छोरा तेजकुमार कार्कीको शव सडकमा भेटिएको छ । २ जना नातिनातिनी दिपेन र गोमाको शव घरमाथि खरबारीमा भेटिँदा ८४ वर्षीया पार्वतीको शव भने घरभित्रै फेला परेको थियो ।

बौद्धमानले कसैसँग आफूहरूको कुनै रिसइबी नभएको बताएका छन् ।  घटनाको छानविनका लागि तालिमप्राप्त कुकुरसहित प्रहरी उच्च अधिकारीको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । 

यो पनिः संखुवासभा हत्याकाण्डः शव भोलिमात्र उठाइने