२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

निजामती सेवा दिवसः कर्मचारी सेवाभन्दा प्रक्रियामुखी

निजामती सेवा दिवसः कर्मचारी सेवाभन्दा प्रक्रियामुखी
अ अ+ अ-

काठमाडौँ । निजामती सेवा ऐन जारी भएको ६५ वर्ष भएको छ । निजामती दिवस मनाउन थालेको भने २०६१ सालदेखि हो । दिवसको सुरुआत तत्कालीन मुख्य सचिव डा विमल कोइरालाको पालामा भएको हो । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका मङ्गलबार देशभरिका निजामती कर्मचारीले निजामती सेवा दिवस मनाउँदै छन् । 

सरकारका नीति कार्यान्वयन गराउने तथा सेवाग्राहीको काम गर्ने संस्थाका रुपमा रहेको निजामती प्रशासन सेवा दिनुभन्दा बढी प्रक्रियामुखीमा अल्झेको आरोप लाग्दै आएको छ । कर्मचारीलाई ऊर्जाशिल र व्यावसायिक बनाउने उद्देश्यका साथ दिवसको थालनी गरिएको पूर्वमुख्य सचिव कोइराला बताउनुहुन्छ । “सबैका आ–आफ्ना दिवस हुन्छन् । हाम्रो पनि दिवस मनाऔँ भनेर मेरो पालामा दिवस मनाउन थालिएको हो”, उहाँले भन्नुभयो, “जुन उद्देश्यका साथ दिवस मनाउन थालिएको हो । त्यो पूरा भएको छैन । दिवस कर्मकाण्डी मात्र भएको छ ।”

कर्मचारी बदनाम हुँदै गएकाले त्यसलाई सुधार गर्नका लागि दिवस मनाउन थालिएको भए पनि कुनै उल्लेखनीय सुधार हुन नसकेको उहाँको भनाइ छ । कर्मचारीले आफ्नो सेवा सुविधामा मात्र ध्यान दिएको कोइरालाको आरोप छ । मुलुकको विकास र जनताको सेवासँग सरोकार राख्ने निजामती कर्मचारीले जुन ढङ्गले काम गर्नुपर्ने हो त्यो हुन नसकेको उहाँ बताउनुहुन्छ । “कर्मचारीको काम नतिजामुखी भएन । जनताको सधैँ गुनासो रहने गरेको छ ”, कोइरालाले भन्नुभयो, “कर्मचारीले प्रक्रियाभन्दा सेवामुखी हुनुपर्दछ, तर त्यो अहिलेको कर्मचारीमा देखिएको छैन ।”

कर्मचारीलाई राजनीतिकबाट मुक्त गराउन सके र उत्प्रेरणा, दण्ड तथा पुरस्कारको व्यवस्था गर्नसके कर्मचारीलाई सुधार गर्न सकिने कोइरालको धारणा छ । निजामती दिवस मनाइरहँदा सङ्घीय निजामती ऐन पनि संसद्मा विचाराधीन छ । पूर्वसचिव गोपीनाथ मैनाली कर्मचारीभित्र  बिग्रँदै गएको प्रणालीलाई सुधार गर्न, व्यावसायिक सदाचारिता सुधार्न र कर्मचारीको गरिमा बढाउनका लागि वर्षेनी दिवस मनाउने गरिए पनि त्यसो हुन नसकेको बताउनुहुन्छ । दिवसलाई कर्मचारी, सरकार र सेवाग्राहीबीच ‘सेवा मेला’का रुपमा चिनाउनुपर्ने उहाँले बताउनुभयो । कर्मचारीले नयाँ खोज अनुसन्धानभन्दा पनि आफ्नो व्यक्तित्व विकासमा ध्यान दिने गरेको पाइएको उहाँले बताउनुभयो ।  
 
“कर्मचारीको जागिरे मानसिकता भयो । उनीहरु जनताको सेवा गर्नेभन्दा पनि चाकडी गर्ने र जागिरमुखी भए”, उहाँले भन्नुभयो, “सेवाग्राहीले भनेको बेला सेवा दिन सकेका छैनन् । आफ्नो फाइदामा मात्र कर्मचारी लागेका छन् । एउटा कर्मचारीको सेवा प्रवेशसँगै पढेर कसरी माथिल्लो तहमा बढुवा हुने ध्येय हुन्छ ।”

कर्मचारी सेवामुखीभन्दा नी प्रक्रियामुखी भएकोसमेत उहाँको आरोप छ । पूर्वसचिव मैनालीले कर्मचारीले प्रशासन सेवालाई एकाधिकार बनाएकोसमेत बताउनुभयो । “मैले नगरे काम हुँदैन भन्ने मानसिकता कर्मचारीमा छ । मैले सेवा दिने हो किन चाँडो गर्ने भन्ने छ”, उहाँले भन्नुभयो, “समयमा सेवाग्राहीका काम हुन सकेका छैन । प्रक्रियामुखी भई नजिता रोक्नका लागि सहयोगी भूमिका कर्मचारीको रहेको छ । सेवाग्राहीको मन र विश्वास जित्न सकेका छैनन् ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कर्मचारीले सोचेजस्तो सेवा दिन नसकेको स्वीकार गर्नुभयो । उहाँले दिवस मनाउँदा कर्मचारीलाई जनताको कामप्रति उत्तरदायी र जिम्मेवार बनाउने भने पनि अहिले अनौपचारिकतामा सीमित रहेको बताउनुभयो । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले नेतृत्वका कारण निजामती सेवा सुधार हुन नसकेको बताउनुभयो । बदलिँदो परिस्थितिअनुसार निजामती कर्मचारीको क्षमता विकास गर्न नसक्दा सेवा सोचेको जस्तो हुन नसकेको पोखरेलले बताउनुभयो । 

कानून, निर्देशिका र मापदण्डले छिटोछरितो तथा प्रभावकारी सेवा सञ्चालन गर्न बाधक रहेकाले त्यसलाई संशोधन गरेर सेवा प्रभावकारी बनाउपर्ने उहाँ बताउनुहुन्छ । कर्मचारीलाई रचनात्मक ढङ्गले परिचालन गर्नुको साटो जमघट गराउने थलोका रुपमा मात्र दिवस हुने गरको पोखरेलको आरोप छ । “कर्मचारीको मनोबल उठाएर मात्र सेवामुखी दिलाउन सकिन्छ”, उहाँले भन्नुभयो, “दिवसमा कर्मचारीलाई मनोबल बढाउन खालका कार्यक्रम ल्याइनुपर्दछ ।”
 
पुरस्कार आफू नजिकलाई

दिवसकै अवसरमा सरकारले वर्षेनी सर्वोत्कृष्ठ निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामति सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आइरहेको छ । वर्षेनी एक जनालाई सर्वोकृष्ट पुरस्कार प्रदान गरेपछि दिवस मनाउन थालिएको १७ वर्ष पूरा भए पनि अहिलेसम्म सिमित कर्मचारीले मात्र उक्त पुरस्कार पाएका छन् । 

अहिलेसम्म भगवतीकुमार काफ्ले, सूर्य गौतम, शान्तराज सुवेदी, भाइकाजी तिवारीलगायतले मात्र सर्वोकृष्ट निजामती पुरस्कार पाएका छन् । पूर्वसचिव मैनालीले राम्रो काम गरेको एक जना कर्मचारी नपाउनु दुर्भाग्य भएको बताउनुभयो ।     

उहाँले आफ्ना नजिक, ट्रेड युनियनले सिफारिस गरेको कर्मचारीले मात्र पाउने गरेको बताउनुभयो । “कतिपय कर्मचारी त पुरस्कार पाएर पनि कारवाहीमा परेका छन्”, उहाँले भन्नुभयो, “दिवसका अवसरमा पाउने पुरस्कार आफैँमा सम्मानित भएको छैन ।” 

विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका दिनको सम्झनामा २०६१ सालदेखि दिवस मनाउन थालिएको हो । (रासस, शरद शर्मा)