२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारप्रति लक्षित गर्दै ओलीले भने, ‘घरको बाघ, वनको स्याल’



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई ‘घरको बाघ र वनको स्याल’को संज्ञा दिएका छन् ।

महाकाली नदी पार गर्दै गर्दा भारतीय सुक्षा बल (एसएसबी)ले तुइन काटिदिएपछि बेपत्ता भएका जयसिंह धामीका पक्षमा सरकारले बोल्न नसकेको भन्दै यस्तो कटाक्ष गरेका हुन् । 

सोमबार राजधानीमा आयोजित युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘नेपाल सरकारले यसरी झारिएर मारिए भन्ने जानकारी किन दिन सकेन ? नागरिक मारिँदा पनि चुइँक्क बोल्न सक्दैन । यस्तालाई भन्छन घरका बाघ, वनका स्याल ।’