२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटा सत्तागठबन्धनको प्यादा : केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटालाई सत्ता गठबन्धनको प्यादा भएको टिप्पणी गर्नुभएको छ । 

युवा संघले राजधानीमा गरेको एक कार्यक्रममा ओलीले भन्नुभयो ‘अग्नि सापकोटा सभामुख हुन् कि कुनै दलको कार्यकर्ता हो वा एमाले बिरुद्ध काम गर्ने जालीझेली समुहको मोहरा हो अबको संसद बैठकमा सोध्नु पर्छ ।’  

सभामुख षडयन्त्रको अङ्ग भएको आरोप लगाउदै उहाँले भन्नुभयो, सभामुखको व्यबहार बारे बारेमा गम्भिर छौ , कुर्सीको गरिमा राख्न नसक्ने सभामुखले पदिय मर्यादा भुलेर बिपक्षीबाट आक्रमण गरेको आरोप लगाउनुभयो ।  

ओलीले ओलीले वर्तमान सरकार अबैध सम्बन्धबाट जन्मिएको जस्तो भएको टिप्पणी समेत गर्नुभएको छ ।  ओलीले भन्नुभयो ‘अहिलेको सरकार शासक होईन भर्याङमुनी बाट बनेको सरकारको हो , केही दिनमा बिदा हुन्छ ।’ 

उहाँले तत्काल नहटे पनि २०७९ को मंसीरमा चुनाव गर्ने पर्छ अब १५ महिना बाकि छ  त्यस पछि खोजेर पनि कसैले भेट्दैन ।  अध्यक्ष ओलीले पाँच दलिय गठबन्धनलाई पाँच भैयाको उपमा दिदै नेपाली कांग्रेस पनि एक फुटेको पछाडी लागेको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो ‘चार भैयाको गणना गर्न आवश्यक छैन ।  एमाले एक्लै छ फुटको भएको दाबी गर्दे अध्यक्ष ओलीले भन्नुभयो पाँचओटा मिलेर पनि पाँच फुट हो एमाले भन्दा होचे नै छ ।’