२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

सरकारको आयू बढिमा १५ महिनाः अध्यक्ष ओली

सरकारको आयू बढिमा १५ महिनाः अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयू बढिमा १५ महिना भएको बताउनुभएको छ । 

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले १५ महिना पछि यो सरकारलाई खोजेर पनि भेटन नसकिने दावी समेत गर्नु भयो । राष्ट्रिय युवा संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको बृहत युवा भेलामा बोल्दै उहाँले यो सरकारलाई नेपाली जनताले छिटोभन्दा छिटो विदा गर्नुपर्ने भन्दै पार्टीका युवाहरुलाई निर्वाचनको तयारीमा जुटन आह्वान गर्नुभयो । 

अध्यक्ष ओलीले वर्तमान सरकारलाई केही दिनको पाहुनाको संज्ञा दिँदै भन्नु भयो, ‘अहिलेको सरकार शास्वत होईन । यो सरकार अलिक दिनको मेजमान, पाहुना । बलजफ्ती आएको पाहुना । थोपरिएको पाहुना । षडयन्त्रबाट जन्मेको पाहुना । अवैध सम्बन्धहरुको उपज पाहुना । यसलाई नेपाली जनताले सकेसम्म छिटो विदा गर्नुपर्छ । तर छिटै विदा गर्न सकिदैन भने पनि हतारिनु पर्ने केही छैन । अर्को मंसीर सम्ममा चुनाव गर्नुपर्छ । कति रह्यो विचार गर्नुस त । भदौ गई गो, असोज, कार्तिक, मंसीर । अव १४ महिना रह्यो । अव १५ महिनामा त यो सरकारलाई खाजेर पनि भेटिदैन । तपाईहरु सुन्तु भो भने त यस्ता सरकारहरु त बनिरहन्छन । तपाईहरु सुत्नु हुँदैन । तपाईहरु उठनु भने त यस्ता सरकारहरु विदा हुन्छन । जनताको सरकार बन्छ । देशभक्त सरकार बन्छ ।’

अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदी र एमसीसीविरुद्ध नबोल्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाउँदै सोझै संविधानलाई चुनौति दिने गरी उर्दी जारी नगर्न पनि सचेत गराउनु भयो । जनताको बोल्ने स्वतन्त्रतालाई समेत बन्देज लगाउन निर्देशन दिएको भन्दै उहाँले यस्तो सरकारलाई मात्रै तानाशाहीको संज्ञा दिन सकिने तर्क समेत गर्नु भयो । अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्ना नागरिक वेपत्ता हुँदा समेत भारतीय पक्षसँग कुरा गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । 

उहाँले भन्नु भयो, ‘वर्तमान सरकार घरको बाघ, बनेका स्याल हो । अव त सोझै संविधानलाई चुनौति दिएर उर्दी जारी गर्ने ग¥या छ । बोल्न पाईदैन । अहिले नबोल्न निर्देशन दिईन्छ । अव बोलेका कार्वाही गरिन्छ भनेर थर्काइन्छ । म भन्न चाहन्छु–शासन दमनकारी हुन पाउदैन । शान्तिपूर्ण, विचार स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रतता, शान्तिपूर्ण विरोध गर्ने स्वतन्त्रता, विरोध प्रर्दशनको स्वतन्त्रता त्यो खोस्न सक्दैन । त्यो बाटो लिन थाल्यो भने त्यसलाई भन्छ–तानाशाह । र तानाशाही टिक्दैन भन्ने कुरा हामी सबैलाई थाहा छ । तानाशाही टिक्नेवाला होइन । अहिले उहाँहरुले विकास, निर्माणको बारेमा बोल्ने गरेको सुन्नु भएको छ, तपाईहरुले ? हाम्रो सरकार बनेको एक महिनामा मैले के के काम गरेर भनेर बोल्ने गर्दथे । अव के काम गर्ने भनेर बोल्थे । हामीले देशको बारेमा बोलेनौं, जनताको बारमो बोलेनौ । 

छिमेक सम्बन्धमा बखेडा निकाल्यौ । नभएका समस्यामा समिति र आयोगहरु बनाएर सम्बन्ध बिगार्ने बाटो बनायौं । यसको आलोचना एमालेले गर्न थाल्यो । विपक्ष भएर बोल्न पाईन्छ, आलोचना गर्न पाईन्छ भनेर कराउन थाल्छन । अरु केही भन्ने बाटो उनीहरुसँग छ ? भन्ने केही कुरा छ, विषय छ । उनीहरुको दिमागमा देश छैन । उनीहरुको दिमागमा, चिन्तनमा जनता छैन । उनीहरुको चिन्तनमा विकास छैन, सुशासन छैन । समृद्ध नेपाल सुखी नेपाली भन्दा त झसंग हुन्छन । कोही बोलेको सुन्नु भएको छ, तपाईहरुले । समृद्ध नेपाल किन भन्न सक्दैनन यिनीहरु । सुःखी नेपाली भन्दा किन आतिन्छन  यिनीहरु । यि आफूमात्रै सुःखी हुनुपर्ने । जनता सुःखी हुुनुपर्छ भन्दा यिनीहरु आत्तिन्छन । 

यी पाँच दलको कुनै नेताले समृद्ध नेपाल सुःखी नेपाली भन्ने आँट गरोस त एक पल्ट । वेदको एउटा मन्त्र उच्चारण गर्न बेदको एउटा मन्त्रले भन्छ, सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामाया । अव यिनले त्यो पनि भन्न सक्दैनन । त्यहाँ त्यो वेदमा पनि उनीहरु केपी ओली, ओपी देख्छन के । सर्वे भवन्त सुखी सबै सुखी होउन । यो त केपी ओली, केपी ओली ताल भो, बेदैमा कसरी लेखियो ? उनीहरुलाई त्यो त्रास छ ।’

अध्यक्ष ओलीले एमालेलाई एक्ल्याएर देखाउन पनि सत्तारुढ गठबन्धनलाई चुनौति दिनु भयो । उहाँले चुनाव जति नजिक आयो, एमाले प्रवेश गर्नेहरु लहर बढेर जाने दावी गर्दै आफ्नो पार्टीलाई कसैले पनि एक्ल्याउन नसक्ने बताउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘ एमालेलाई एक्ल्याएर ठेगान लाउँछौ भनेर धेरै ठाउँमा भन्ने ग¥या छन । एमाले कत्तिको एक्लिदैछ, आज देख्नु भएको नि, युवाहरु जोस । आज कति ठाउँ युवाहरु एमालेमा प्रवेश गरिरहेका छन । 

यो त एउटा ठाउँ, अन्य ठाउँमा दैनिक प्रवेश गरिरहेका छन । यो प्रवेशको लहर चल्दै जानेछ । जतिजति चुनाव नजिक आउँछ, त्यतित्यति एमाले प्रवेशको लहर चल्दै जान्छ । म किरणलाई भन्न चाहन्छु, महेशलाई भन्न चाहन्छु, टोपीहरु सिलाई राख्नुस । लाखौंलाख  टोपीहरु सिलाई राख्नुस तर यस्तो सानो होईन, ठूल्ठूला पनि । तर टोपी सिलाई राख्नुस । तोडदा नतोडिने, फोडदा नफोडिने एमाले बनाउनेछौ । एमाले एक्ल्याउने होईन । मजदुत बन्दै जादैछ ।’

अध्यक्ष ओलीले सरकारले कामै गर्न नसकेको भन्दै दर्जनौं प्रश्न गर्नु भयो । उहाँले राष्ट्रियताको सवाल, नागरिकको जीउधनको सुरक्षाको सवालमा छिमेकी मुलुकसँग बोल्ने आँट समेत सरकारले गर्न नसकेको पनि दोहो¥याउनु भयो ।