२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउन महामन्त्रीमा मेरो उम्मेदवारी: गगन थापा

पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउन महामन्त्रीमा मेरो उम्मेदवारी: गगन थापा
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेदवारी दिएको बताउनुभएको छ । 

सोमवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता थापाले पार्टीको महामन्त्री बनेपछि ४ वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरुलाई अनसन बस्नुपर्ने स्थिती आउन नदिनको लागि महामन्त्रीमा उम्मेद्वारी दिएको बताउनुभएको हो । 

नेता थापाले पार्टीका आन्तरिक समस्याहरुलाई हल गर्न सके मात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, शहर बनाउँछु भनेर नपत्याउने बताउनुभयो । नेता थापाले नयाँ काँग्रेस पुरानो दिनहरुलाई सम्झिएर बनाउनका लागि नौजवानको आवश्यक रहेको बताउनुभयो ।

नेता थापाले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टी विधानको अक्षर अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिती बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो, पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्यो भने हाम्रो धेरै समस्याको हल हुन्छ, मलाई केही नेताहरुले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेका छन्, म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन ४ वर्षमा गराउँछु र अहिले जस्तो पार्टीका साथीहरुलाई पार्टी कार्यालयमा आएर अनसन बस्ने स्थिती सिर्जना गर्न दिन्न, यति मात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ, खास गरी नौजवान साथीहरुलाई मेरो अपील छ, आह्वान छ, तपाई हामी मिलेर यस्तो काँग्रेस बनाउनुपर्नेछ, काँग्रेस नयाँ बनाउने हो तर पुरोनो दिनलाई सम्झिएर बनाउने हो ।’

नेता थापाले  ठूला ठूला कुरा नगरी स सानो काम पूरा गरेर देखाउने काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । देशमा संविधानको शासनको पक्षमा उभिने काँग्रेस आफ्नो पार्टीभित्र पनि विधिको शासन स्थापित गरेर छोड्ने बताउँदै उहाँले ठूला नेताहरुले साथ दिएर पार्टीलाई अघि बढाउनु पर्ने बताउनुभयो । अहिले नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा अपरिचित समितिले क्रियाशील सदस्यताको बारेमा गर्नै नहुने काम गरिरहेको बताउनुभयो ।

नेता थापाले भन्नुभयो, ‘यो अधिवेशनबाट जब नेपाली काँग्रेसको नेतृत्व आएँछ, ठूला कुरा होइन, स साना कुरा गरौँ, स साना काम गरौँ , यो अधिवेशनबाट नेपाली काँग्रेसले अधिवेशन सकिएको दिनबाट संकःल्प पनि गर्ने हो, कसम पनि खाने हो र पूरा पनि गर्ने हो, देशमा संविधानको शासनको पक्षमा उभिने काँग्रेस आफ्नो पार्टीभित्र पनि विधिको शासन स्थापित गरेर छोड्छ, बैठक पार्टी सभापति शेर बहादुर देउवा दाईको घरमा हुन्छ, हाम्रो पार्टीको विधानले पदाधिकारी पूर्व पदाधिकारी भन्नेलाई चिन्दै चिन्दैन, चिन्दै नचिनेको बैठकमा चिन्दै नचिनेको समितिले गर्नै नहुने क्रियाशीलको काम गरिरहेको छ, तर हामी गएका छैनौँ, यो एकजनाको काम होइन, हाम्रो हामी सबैको दोष हो ।’

नेता थापाले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जनालाई उत्तेजनामा ल्याउन र दुई, चार वटा मत बिगार्न लागि पशुपतिको ढोका दिनमा पाँच पटक समेत पुग्न तयार रहेको बताउनुभयो ।