२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

राष्ट्र सङ्कटमा परेका बेला कांग्रेसले निकास दिन्छ : नेता सिंह

राष्ट्र सङ्कटमा परेका बेला कांग्रेसले निकास दिन्छ : नेता सिंह
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्र सङ्कटमा परेका बेला निकास दिने काम पार्टीले गर्दैै आएको बताउनुभएको छ । 

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज जोरपाटीमा आयोजना गरेको ‘पार्टीको १४ औँ महाधिवेशन नेतृत्व विकास र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले निकास दिनकै लागि पार्टीको नेतृत्वमा वर्तमान सरकार गठन भएको बताउनुभयो । देशमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कसैसँग सम्झौता नगरेको पार्टीको इतिहास निरन्तर कायम गरिनुपर्नेमा पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले जोड दिनुभयो ।

उहाँले कांगे्रसले विगतमा अराष्ट्रिय तत्वको आरोप खेपेर पनि लोकतान्त्रिक मूल्य मान्यताका लागि काम गर्दै आएको स्मरण गर्दै संविधानमा उल्लेख भएका नागरिकका मौलिक अधिकारको रक्षाका लागि कांग्रेस नेतृत्वको सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
 
पार्टीको १४ औँ महाधिवेशनअघि क्रियाशील सदस्यता वितरणमा विधि र प्रक्रिया मिचिएका विषयमा नेतृत्व सजग हुनुपर्ने नेता सिंहको भनाइ थियो । विगत निर्वाचनमा कांग्रेस कमजोर भएकैले लोकतान्त्रिक संविधान फाल्न खोजिएको उल्लेख गर्दै उहाँले वडा तहसम्म आधार बलियो पार्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

     पार्टी केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधानमा महाधिवेशन भएको तीन वर्षसम्म साधारण र क्रियाशील सदस्य बनाउन पाइने तर चौथो वर्षमा नपाइने व्यवस्था कार्यान्वयन नहुँदा २१ जिल्लामा सदस्यता विवाद आएको बताउनुभयो । देशमा संविधानको शासनका लागि लडेको काग्रेसले पार्टीमा विधिको शासन स्थापित गर्नुपर्ने उहाँको भनाइ थियो । 

आगामी स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन कांग्रेसले कसैको बुइ चढेर नभई एकलरूपमा लडेर बहुमत ल्याउने गरी तयारी गर्नुपर्ने उहाँको भनाइ छ ।

 पार्टी केन्द्रीय सदस्य विष्णुविक्रम थापाले कांग्रेसमा जाति, धर्म, क्षेत्रको कुरा अतिवाद हुने भएकाले यस्ता विषयभन्दा उठेर बहस गर्न नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो । सिन्धुपाल्चोक कांग्रेसका सभापति विकास लामाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० को सहयोगका विषयमा पार्टीको तल्लो तहसम्म बहस चलाइनुपर्ने धारणा राख्नुभयो ।