५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएल २०२२ः दुई समूहमा बाँडियो १० टिम, २६ मार्चदेखि २९ मेसम्म चल्ने



अ+ अ-

एजेन्सी । आइपिएल २०२२ को सुरुवात मार्च २६ बाट सुरु हुने र प्रतियोगिताको फाइनल मे २९ मा खेलिने भएको छ । शुक्रबार बसेको आईपीएल गभर्निङ काउन्सिलले यस्तो निर्णय गरेको हो । लिग चरणका सबै ७० खेल महाराष्ट्रमा हुनेछन् भने ५५ खेल मुम्बईमा र १५ खेल पुणेमा हुनेछन् ।

यस्तै, २० खेल मुम्बईको वानखेडे स्टेडियम र डा डीवाई पाटिल स्टेडियममा हुनेछन् भने १५ खेल ब्रेबोर्न स्टेडियममा हुने भएका छन्। यस्तै, बाँकी १५ खेल पुणेको एमसीए इन्टरनेशनल स्टेडियममा हुनेछन् । 

यद्यपि, प्लेअफ खेलहरू कहाँ हुनेछन् भन्नेबारे आधिकारिक धारणा भने आएको छैन । सबै १० टोलीले वानखेडे र डीवाई पाटिलमा ४–४ खेल खेल्नेछन् । यसबाहेक उनले पुणे र ब्रेबोर्नमा ३–३ खेल खेल्नुपर्ने जनाइएको छ । 

२०११ पछि आईपीएलको इतिहासमा दोस्रो पटक, सबै १० टोलीलाई दुई फरक समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स राखिएको छ । योसँगै समूह 'बी' मा चेन्नई सुपर किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, पञ्जाब किंग्स र गुजरात टाइटन्स परेका छन् ।

प्रत्येक टोलीले आफ्नो समूहमा एकअर्कासँग दुई पटक खेल्ने मौका पाउनेछन् । अर्को समूहको कुनै एक टोलीसँग दुई खेल हुनेछन्। यसपछि दोस्रो समूहका बाँकी ४ टोलीसँग १–१ खेल हुनेछ ।

लिग चरणमा सबै १० टोलीले १४–१४ खेल खेल्नेछन् । १४ खेलमध्ये ७ खेल घरेलु मैदानमा हुनेछन् भने ७ खेल अन्य मैदानमा हुनेछन् । प्रत्येक टोलीले ५ टोलीसँग दुई पटक खेल्नेछ भने बाँकी ४ टोलीले एउटा मात्र खेल खेल्नेछन् । लिग राउण्डपछि चार प्लेअफ खेल हुनेछन्, जसको स्थान र मिति भने तय भइसकेको छैन।