२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिका साक्षर घोषित



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिका साक्षर घोषित भएको छ । काठमाडौँका जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर  वैद्य, उपप्रमुख हरिप्रभा खड्गी, शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौँ प्रमुख नन्दलाल पौडेलको उपस्थितिमा आज पद्मोदय माविमा आयोजित कार्यक्रममा महानगरका ९६ दशमलव ६ प्रतिशत नागरिक साक्षर भएको घोषणा गरिएको हो ।

साक्षरताको राष्ट्रिय मापदण्डअनुसार १५ वर्षभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएका जिल्ला वा पालिकालाई साक्षर घोषणा गर्न सकिनेछ  । मुलुकका धेरै जिल्लामा नागरिक बसोबास गर्ने महानगरमा साक्षरता प्रतिशत बढाउनु र तथ्याङ्कको सङ्कलन गर्नु चुनौती बन्दै आएको थियो । कार्यक्रममा साक्षर महानगर बनाउन भूमिका खेल्ने विभिन्न १५ सामुदायिक सिकाइ केन्द्रलाई सम्मान गरिएको थियो ।