२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको वर्षा विभिन्न जिल्लामा छ को मृत्यु, काठमाडौँका ३८५ घर डुबानमा



अ+ अ-

काठमाडौं ।  मुलुकका विभिन्न क्षेत्रमा आएको भारी वर्षापछिको बाढी, डुबान र पहिरामा परेर छ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार सोमबार रोल्पामा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० स्थित पूर्णबहादुर थापाको घरमा पहिरो खस्दा सोही घरमा बस्ने गौरी थापा र अर्का पाँच वर्षका बच्चाको ज्यान गएको मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । अन्य दुईजना घाइते भएका छन् । 

 यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको कर्रा खोलामा आएको बाढीले दुई दिनअघि बगाइएका दुई व्यक्तिको शव आज फेला परेको छ । मृत्यु हुनेमा ना३ख १४४० नंका ट्रक चालक बद्री कार्की र अर्का गणेश थापा रहेका छन् । उनीहरु ट्रकसँगै बगेका थिए । 

 उता जाजरकोटको नलघाट नगरपालिका–५ मा पहिरासँगै आएको ढुङ्गा लागेर  १० वर्षका प्रचण्ड खड्काको मृत्यु भएको छ । अन्य गोरखबहादुर खड्का र सिला खड्का गम्भीर घाइते भएको जनाइएको छ । यस्तै प्यूठान नगरपालिकामा वर्षाका कारण कच्ची घर भत्किँदा देउकी विकको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

 यता रातिदेखि परेको वर्षाका कारण बाढी आउँदा काठमाडौँका ३८५ घर÷टहरा डुबानमा परेको छ । काठमाडौँमा डुबानमा परेका २३२ जनाको उद्धार भएको गृह मन्त्रालयले जनाएको छ । एउटा झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ ।

 उता भक्तपुरबाट ५४  र ललितपुरको १५ जनाको उद्धार गरिएको र ती जिल्लाका खोलाका छेउछाउका बस्ती डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । मुलुकभर मनसुन सुरु भएयता जेठ ३० पछि अहिलेसम्म बाढी÷पहिरो र डुबानमा परेर १२९ जनाको मृत्यु भएको छ । अन्य ४४ जना हराइरहेका छन् ।