२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तल्लो मोदीको उत्पादन पाँच दिनदेखि ठप्प



अ+ अ-

कुश्मा । कुश्मा नगरपालिका–८ चुवामा रहेको युनाइटेड मोदी हाइड्रोपावरको तल्लो मोदीखोला १ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । भदौ १७ गते राति आएको अविरल वर्षापछिको पहिराका कारण विगत पाँच दिनदेखि उत्पादन बन्द रहेको आयोजनाका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।  आयोजनाको क्यानल र इन्टेकमा पहिरो र बाढीले क्षति पुर्याएको छ । 

बाढी र पहिराका कारण १० मेगावाट क्षमताको उत्पादन बन्द भएको हो । पहिरो र बाढीका कारण आयोजनामा करोडौँको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । पहिराका कारण चारदेखि ५०० मिटर लामो क्यानल सबै माटोले पुरेको छ ।

पहिराले ४ नं प्रसारण लाइनको टावरसमेत बगाएको छ । पहिराले आयोजनामा रु चारदेखि ६ करोडसम्मको क्षति पुगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाका निर्देशक गौतमले जानकारी दिनुभयो । यसअघि गत असार २२ गतेको दोविल्लास्थित सुन्दरे खोलामा आएको बाढीले  आयोजनाको क्यानल र इन्टेकमा समेत क्षति पुर्याएको थियो । निर्देशक गौतमका अनुसार आयोजना मर्मतका लागि प्रयास भइरहेको छ ।