२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

परम्परागत पुस्तकालयलाई समय सापेक्ष जोड्नु चुनौती : मुख्यमन्त्री

अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले परम्परागत पुस्तकालयलाई समयसापेक्ष जोड्नु चुनौती भएको बताउनुभएको छ । पोखरा सार्वजनिक पुस्तकालयद्वारा आयोजित ‘गण्डकी प्रदेश केन्द्रीय पुस्तकालय स्थापना’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले पुस्तकालयको आवश्यकतालाई दृष्टिगत गर्दै गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश केन्द्रीय पुस्तकालय स्थापना गर्ने सोच अघि सारेको बताउनुभयो ।

प्रदेशको चिनारी दिने गरी पुस्तकालय स्थापना हुनुपर्नेमा जोड दिँदै उहाँले विगतमा समेत शासकहरूले पुस्तकालयको महत्व बुझेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पोखरेलले १४औँ पुस्तकालय दिवसका अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय कविता प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले प्रदेशको पहिचान दिने किसिमका सामग्रीहरूलाई पुस्तकालयमा राख्नुपर्नेमा जोड दिनुभयो । कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले पुस्तकालय निर्माण प्राथमिकतामा रहेको बताउँदै सञ्चालित पुस्तकालयमा प्रभावकारी व्यवस्थापन आवश्यक भएको बताउनुभयो ।

पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राडा विश्व श्रेष्ठले २०४६ सालपछि पुस्तकालय स्थापनामा जागरण सुरु भएको चर्चा गर्दै पुस्तकालयलाई राज्यले हेर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश पुस्तकालय स्थापनाको विषय कार्यान्वयनमा आउनुपर्ने उहाँले बताउनुभयो । 

पोखरा सार्वजनिक पुस्तकालय सञ्चालक समितिका सदस्य एवं पश्चिमाञ्चल विकास मञ्चका पूर्वमहासचिव धर्मराज बरालले पुस्तकालय समाजको सभ्यता भएको बताउँदै प्रदेशमा स्थापना गर्न लागिएको पुस्तकालय विशिष्ट पहिचान बोकेको हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।