२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

बोर्डले रणनीतिक योजना सार्वजनिक गर्ने

बोर्डले रणनीतिक योजना सार्वजनिक गर्ने
अ अ+ अ-

काठमाडौं । लगानी बोर्डले पाँचवर्षे व्यावसायिक योजनासहितको रणनीतिक योजना (२०७८–८२) सार्वजनिक गर्ने भएको छ । बोर्डका अनुसार यही भदौ २३ गते ‘लगानी बोर्डको १० वर्ष : आर्थिक समृद्धिका लागि साझेदारी’ भन्ने मूल नाराका साथ दसौँ वार्षिक उत्सव मनाउन लागेको र सोही सन्दर्भमा रणनीतिक योजनासमेत सार्वजनिक गर्न लागिएको हो ।

सरकारले लगानी विस्तार गर्ने लक्ष्यका साथ २०६८  सालमा बोर्ड स्थापना गरेको थियो । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले ठूला परियोजनामा वैदेशिक लगानी भित्र्याउने र सहज प्रक्रियाबाट काम गर्ने ध्येयका साथ बोर्ड स्थापना गर्नुभएको थियो । 

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले उक्त रणनीतिक योजनाका साथै नेपाल इन्भेष्टमेन्ट गाइड, २०२१ र कफी टेबल बुक सार्वजनिक गर्ने कार्यक्रम रहेको बोर्डका सह–प्रवक्ता रमेश अधिकारीले जानकारी दिनुभयो । समारोहमा अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, विदेशी दातृ निकायका प्रमुख एवम् लगानीकर्ताले समेत आ–आफ्नो मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।   

यस्तै, बोर्डले सहजीकरण गरिरहेका परियोजनाका विकासकर्ता, लगानीकर्ता, विकास साझेदार तथा बोर्डसँग आबद्ध विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । बोर्डका अनुसार दिगो पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारी लगानीका सम्भावनामा केन्द्रित भई दुईवटा छलफल सत्रहरू सञ्चालन हुनेछन् ।

कोभिड–१९ को महामारीपछिको आर्थिक अवस्था तथा जलवायु परिवर्तनका कारण विश्व परिदृश्यमा सरकारले दिगो पूर्वाधार विकासमा जोड दिइरहेको सन्दर्भमा ‘नेपालमा दिगो पूर्वाधारको विकास’ विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलको अध्यक्षतामा पहिलो सत्र सञ्चालन हुनेछ । यस सत्रको छलफलबाट  नेपालमा हरित र दिगो पूर्वाधारको विकासका सम्भावना, वर्तमान कानूनी व्यवस्था, लगानीका अवसर तथा चुनौती एवम् सार्वजनिक–निजी साझेदारीलगायत परियोजना विकासका संयन्त्र र आपसी सहकार्यका सम्भावना पहिचान गर्ने अवसर प्राप्त हुनेछ । 

त्यसैगरी, अर्थ सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा ‘नेपालको आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारीको विकास र व्यवस्थापन’ दोस्रो सत्र सञ्चालन हुनेछ । नेपालमा सार्वजनिक–निजी साझेदारीमा लगानी परिचालनका विविध पक्षहरू, लगानीयोग्य तथा विश्वासनीय परियोजनाको विकास तथा व्यवस्थापन, नेपालमा सार्वजनिक–निजी साझेदारी परियोजनाका सम्भावना र चुनौती तथा परियोजनाको विकासका लागि सरोकारवालासँग सहकार्यको सम्भावनाबारे छलफल गर्ने अवसर प्रदान गर्नेछ ।