९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरका छ जनप्रतिनिधिले छाडे एमालेको साथ



अ+ अ-

भोजपुर । भोजपुरका छ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका छन् ।  

उनीहरुले जिल्ला निर्वाचन कार्यालय पुगेर समाजवादीमा सनाखत गराएका हुन् । 

षडानन्द नगरपालिकाका तीन भोजपुर नगरपालिकाका दुई र टेम्केमैयुङ गाउँपालिका एक जनाले सनाखत गराएका छन् । 

भोजपुर नगरपालिका उपमेयर ममिता राई, वडा सदस्य राधिका तामाङ, टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष इन्द्रवती राईले नेकपा एकीकृतमा सनाखत गराएका छन् । 

त्यस्तै षडानन्द नगरपालिकाका कार्यापालिका सदस्यद्वय सुमन राई, गोविन्द विक र वडा सदस्य विशाल राईले नेकपा एकीकृतमा सनाखत गराएको उममेयर ममिता राईले जानकारी दिइन् ।