६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पारित गर्न सहयोग गर्नुस- देउवा ,पहिला माग पुरा गर्नुस अनि बिचार गरौला- ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संग प्रस्ताव  गर्नुभएको छ । एमाले अध्यक्ष ओली संग छलफल गर्न बालकोट पुग्नु भएका प्रधानमन्त्री देउवाले संसदको अबरोध खोल्न पनि ओलीलाई आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले लोकतान्त्रीक शक्तिहरु एकै ठाउमा उभिनु पर्ने बताउनु भएको थियो । एमाले अध्यक्ष ओलीले भने एमालेको पूर्ववत माग कायम रहेको जानकारी गराउदै संसद सुचारु गर्न सरकारले पहल गर्नुपर्ने बताउनु भएको थियो । ओलीले एमालेले राखेका मागमा सरकारको दृष्टिकोण के हो ?

सरकारमा प्रबक्ता समेत रहनु भएका संञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संञ्चारकर्मीहर संग भन्नुभयो एमाले अध्यक्ष ओलीले अहिलेको अवस्थामा संसदमा आएर आफ्नो धारणा राख्ने वातावरण  छैन । मन्त्री कार्कीले पाँच दलिय गठबन्धन कायम नै रहेको पनि जानकारी गराउनु भयो ।