१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

राष्ट्रिय जनगणना कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने

राष्ट्रिय जनगणना कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ । बुधवार काठमाडौंमा केन्द्रीय तथ्यांक विभागले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कोरोना महामारीका कारण स्थगन गरिएको राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको बताएको हो ।

अहिले कोरोनाको दर घटिरहेको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य रुपले चलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय जनगणना पुनः सञ्चालन गर्ने निर्णय गरेको केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो । महानिर्देशक श्रेष्ठका अनुसार आगामी जनगणना १२ आँै शृंखलाको हुनेछ भने जनगणनामा ३९ हजार गणक, ८ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना १५ दिनमा गर्नेछन् । जनगणना गर्ने कार्य जटिल भएको र यस जनगणनामा हरेकको घरदैलोमा पुगेर सम्पूर्ण घर, सम्पूर्ण परिवार र सम्पूर्ण व्यक्तिको गणना गरिने उहाँले बताउनुभयो ।

महानिर्देशक श्रेष्ठले भन्नुभयो, ‘विगत तीन महिना यता अवस्था सहज छ, लकडाउनको अवस्था पनि छैन, कोरोना संक्रमणको दर पनि न्यून भइरहेको छ, अब जनगणना गर्न सक्ने अवस्था भएकोले जनगणना गर्न लागेका हाँै, यो अत्यन्त जटिल काम पनि हो, एउटा निश्चित विधि, अवधारणा, परिभाषालाई अंगीकार गरिकन निश्चित समयमा मुलुकका सम्पूर्ण घर, परिवार र व्यक्तिहरुको गणना गर्नुपर्छ र हरेक व्यक्तिको घरदैलोमा पुग्नुपर्छ, त्यसकारण यो च्यालेन्जिङ छ, हालसम्म ७ वटै प्रदेशमा ७ वटा प्रदेश जनगणना कार्यालय, ७७ जिल्लामा ८० वटा जिल्ला जनगणना कार्यालय रहेको र ७५३ स्थानीय तहका लागि ३४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गर्न लागेका छौँ, आगामी जनगणना १२ औँ शृंखलाको हुनेछ भने जनगणनामा ३९ हजार गणक, ८ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना १५ दिनमा गर्नेछन् ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जतिसक्दो छिटो गणकको छनोट गर्नुपर्ने बताउनुभयो । गणकको छनोट गरे उनीहरुलाई दुई डोज नै कोरोनाविरुद्धकबो भ्याक्सिन लगाउन सकिने भन्दै उहाँले गणकले गणना गर्न जाँदा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्ने पनि बताउनुभयो । सचिव भण्डारीले पूर्व निर्धारित समयमा जनगणना हुन नसक्दा खर्च पनि बढीरहेको बताउनुभयो ।

सचिव भण्डारीले भन्नुभयो, ‘सबैभन्दा छिटो गणकको छनोट गर्नसकियो भने गणकलाई दुवै डोज कोरोनाविरुद्धको भ्याक्सिन लगाएर पठाउन सकिन्थ्यो, त्यो हाम्रो प्लान छ, गणकले गणनामा जाँदा मास्क र स्यानिटाइजर लानुपर्नेछ, त्यस्तै खर्च बढेको कुरा भन्ने छ, यो पूर्व निर्धारित समयमा कोरोना भाइरसको संक्रमण दर बढ्यो, लकडाउनको अवस्था भयो त्यसैले जेठ २५ देखि असार ८ गतेसम्म हुन सकेन, हामीले त्यो बेला नै जनगणना गर्ने भनेर डकुमेण्टहरु ८० वटै जिल्ला जनगणना कार्यालयमा पुर्याइसकेका थियौँ, फेरि ल्याउँदा हराउने समस्या र फेरि पछि त्यहीँ पुर्याउनुपर्ने समस्याले गर्दा सरकारसँग यो बीचको समयमा कार्यालय नहटाइ त्यही रहने व्यवस्था मिलाएर बस्दा खर्च बढी हुन गएको हो ।’

केन्द्रीय तथ्यांक विभागबाट तयार पारिएको नयाँ कार्यतालिका भाद्र २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको हो । पूर्व निर्धारित कार्यक्रमानुसार जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सम्पन्न गर्ने सरकारको योजना थियो । बिं.सं १९६८ मा श्री ३ चन्द्र समशेर जबराको पालोबाट शुरु गरिएको राष्ट्रिय प्रत्येक १०÷१० वर्षमा गरिन्छ । यो जनगणना मुलुक संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणना समेत हो ।