१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

एमसीसी परिमार्जन नगरी संसदबाट पारित गर्नुहुँदैनः अध्यक्ष लोहनी

एमसीसी परिमार्जन नगरी संसदबाट पारित गर्नुहुँदैनः अध्यक्ष लोहनी
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै अध्यक्ष लोहनीले एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानबारे स्पष्ट हुनुपर्ने भएकाले नेपाल सरकारले ‘लेटर अफ एक्सचेन्ज’ गर्नुपर्ने बताएका हुन् ।

नेपाल शक्ति राष्ट्रहरुको बीचमा रहेकोले विशेष सावधानी अपनाएर अघि बढ्नुपर्ने उनको भनाई छ । यस्तै उनले ‘सम्झौताको कार्यान्वयनको क्रममा अमेरिकाको वर्तमान कानून र भविष्यमा बन्ने अमेरिकाको कानून पनि लागू हुनेछ’ भनिएकोमा आपत्ती जनाए ।

एमसीसी नेपालले काम गर्दापनि एमसीसीको स्विकृति लिनुपर्ने प्रावधान राखिएको जानकारी दिँदै लोहनीले नेपालले शान्त कुटनीति अपनाएर अमेरिकाको पनि विश्वास लिएर एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने धारणा राखे ।

‘नेपाल अमेरिकाको मित्रता गहिरो छ । आर्थिक सहयोग मात्र नभयर संयुक्त राष्ट्रसंघमा नेपालको सदस्यताको लागि अमेरिकी योगदान नेपाली ले सधै सम्झने छन् । हाल अमेरिकाले एमसीसीमार्फत नेपालमा विजुलि वाटो निर्माण गर्न साहायता दिने भएको छ । यो सकारात्मक हो तर योसँग गासिएको सर्तहरूवारे असहमति रहेको छ ।’ उनले भने, ‘मुलत यो सम्झौता कार्यान्वयन गर्दा अमेरिकाको वर्तमान कानुन मात्र नभएर भविष्यमा बन्ने कानुन पनि लागू हुने जस्ता अनौठा सर्तको औचित्य वुझ्न सकिएको छैन । सझौता कार्यान्वयन गर्न एमसिसि नेपाल खडा हुने तर यसले कर्मचारी सरुवा देखि नियुक्ति सम्म अमेरिकाको एमसीसीको स्वीकृत लियर मात्र गर्न पाउने जस्ता प्रवधानले गर्दा नेपाल सरकार जोकर फाल्तु देखिन पुगेको छ । यस्ता थुप्रै प्रावधानहरुको औंचित्यवारे जनता जान्न चाहन्छन ।’