१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

एमाले स्थायी कमिटी बैठक तीन बजे फेरि बस्ने

एमाले स्थायी कमिटी बैठक तीन बजे फेरि बस्ने
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो साढे ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको छलफल भइनसकेकोले आज दिउँसो तीन बजे पुनः बस्ने गरी बैठक  स्थगित भएको हो । स्थायी कमिटीको बैठकले पार्टीको आउँदो विधान अधिवेशनका बारेमा छलफल गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । 

प्रमुख भट्टराईले बैठकमा देशभरबाट करिव ३ हजार प्रतिनिधि हुने प्रश्ताव आएको भन्दै यसको टुंगो लगाउनका लागि आजै ३ बजे बैठक बस्ने बताउनुभयो । आज बस्ने बैठकमा विधान महाधिवेशनमा प्रश्तुत हुने विधानको बारेमा पनि छलफल गर्ने साथै राजनीतिक र सांगठनिक प्रतिवेदनका बारेमा समेत छलफल गर्ने विभाग प्रमुख भट्टराईले बताउनुभयो ।

प्रचार विभाग प्रमुख भट्टराईले भन्नुभयो, ‘नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बिहान शुरु भएको छ, यो बेठकमा विशेष गरी आउँदो विधान अधिवेशन, जुन पार्टीको विधान अधिवेशन आयोजना हुँदैछ, त्यो विधान अधिवेशनको बारेमा हामीले छलफल गरेका छौँ, त्यसमा मुख्य तीन वटा एजेण्डा छन्, विधान अधिवेशनका प्रतिनिधिहरु को को हुने ?विधान अधिवेशनका प्रश्तुत गर्ने राजनीतिक, सांगठनिक र विधान सम्बन्धी दस्ताबेज तीन वटा दस्ताबेज छन्, एउटा राजनीतिक दस्ताबेज हुन्छ प्रतिवेदन, विधान हुन्छ र संगठनात्मक प्रस्ताव हुन्छ, यी तीन वटा दस्ताबेजको बारेमा र व्यवस्थापनका बारेमा हामीले एजेण्डासहित छलफल गरेका छौँ, अहिले विधान अधिवेशनमा भाग लिने प्रतिनिधिहरुको बारेमा हामी छलफल गर्दैर्छौं, हाम्रो अघिल्लो विधानले विधान, अधिवेशन, महाधिवेशनका प्रतिनिधिहरु, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरु, स्वतः विधान अधिवेशनको प्रतिनिधि हुन्थे, तर नवौँ राष्ट्रिय महाधिवेशनपछि राष्ट्रिय प्रतिनिधि परिषद् निर्वाचित भएको छैन, त्यो निर्वाचित नभइकन पार्टी एकता गर्यौं, फेरि फुट्यो, त्यसैले प्रतिनिधि परिषद् बनेको थिएन, त्यसैले हामीले अहिलेलाई अन्तरिम व्यवस्था गरेर विधान महाधिवेशनका प्रतिनिधिहरु निश्चित गर्नुपर्ने भएको हुनाले त्यो विषयमा हामी छलफल गर्दैछौँ, अहिले संगठनात्मक विभागबाट आएको अप्रश्तावअनुसार करिव देशभरबाट करिव तीन हजार जति प्रतिनिधि हुने प्रश्ताव अहिले विधान महाधिवेशनका लागि प्रश्तावित छन् । त्यसमा केन्द्रिय कमिटी, केन्द्रिय निकाय, केन्द्रिय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष कमिटी, पार्टीका जनसंगठनहरु, संघ, प्रदेशका माननीय ज्यूहरु, स्थानीय तहका प्रतिनिधिहरु, निर्वाचित प्रतिनिधिहरुसहित ३ हजार जति सहभागिताको प्रश्ताव आएको छ, त्यसमा छलफलको क्रम नसकिएको हुनाले बैठक साढे तीन बजे आजै बस्नेछ, तीन बजेको बैठकमा प्रतिनिधि कति हुने, को को हुने ? टुंग्याउँछौं, त्यसपछि विधान महाधिवेशनमा प्रश्तुत हुने विधानको बारेमा पनि छलफल गर्दछौँ, राजनैतिक र सांगठनिक प्रतिवेदनका बारेमा पनि छलफल गर्नेछौँ ।’

प्रमुख भट्टराईले नेकपा एमालेले एमसीसीको सम्झौतामा भएका कतिपय प्रावधानहरुलाई पुनःव्याख्या गर्नुपर्ने भएकोले नेपालको हीत बनाउनुपर्ने कुराहरु रहेकोले केही कुराहरुलाई संसोधन गरेर मात्रै एमसीसी अगाडि बढाउने बताउनुभयो ।