४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मृत अवस्थामा भेटिएकी गायिका सुनारले सुसाइड नोटमा के लेखेकी थिइन् ?

मृत अवस्थामा भेटिएकी गायिका सुनारले सुसाइड नोटमा के लेखेकी थिइन् ?
अ+ अ-

काठमाडौं । लोक गायिका दिलमाया सुनार आफ्नो डेरामा मृत फेला परेकी छन् । सुर्खेत स्थायी घर भएकी सुनार शनिबार काठमाडौंमा आफ्नो डेरामा मृत फेला परेकी हुन् ।

घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त बालाजुले एक जनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार बिहान सुनारको कोठामा पुगेका व्यक्तिलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

सुनारले शुक्रबार राती आफ्नो फेसबुकमा केही रोइरहेको टिकटक सहित स्टाटस पनि लेखेकी थिइन् ।

३० वर्षीया गायिका दिलमायाले चर्चित ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चामा थिइन् । केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।

यस्तो छ उनले लेखेको नोट
नमस्कार सबै जनामा र मिठो सम्झना छ। जिन्दगीको उचारचढाव धेरै भोगेँ। तर जब म जान्ने भए अनि म एक्लो भएँ। र कसैको माया माया पाउन जति कोसिस गरे पनि सकिनँ। तर पनि हार खाइनँ। तर ऐले धेरै गाह्रो भयो। म बाँचेर पनि दिनदिनै मर्न सकिनँ। आमा तिम्री छोरी धेरै थाकिछे। जिन्दगीको मोडमा धेरै अप्ठेरा आए। पार पनि गरेँ। जसलाई राम्रो गर्छु भने पनि भएन।

म कहाँ जाऊ आमा ? दुःख पोख्न माइती आउँ भने तिमीलाई सबै कुरा थाहा छ। म भित्रभित्रै मरेर बाचेछु। आमा म नभएर के भो त चार बहिनी छोरी छन्। मन बुजाउनू, नरुनू। छोरा तिमीलाई धेरै पढाउन मन र ठूलो मान्छे बनाउन मन थियो, सकिनँ। तिमी जसरी भए पनि ठूलो मान्छे बन्नु है। म नभए ता पनि मेरो आशिर्वाद् सधैँ तिमिसित हुनेछ।बहिनी हर्ष आमालाई गाली नगर्नू अनि आमा बाँच्दासम्म मेरो कमी हुन नदिनू। मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनू जसले भए पनि। म थाकेँ। धेरै थाकेँ।

अब म बाँच्न सक्दिनँ। यो दुनियाँ धेरै स्वार्थी छ।म आफ्नो इच्छाले यो कदम उचालेकी छु। कसैलाई दोष छैन। कसैले खोजी नीति पनि नगर्नू र मलाई पोष्टमार्टम पनि नगर्नू, मसित पैसा छैन। मसित थोरै सुन छ। त्यो सुन बेचेर मेरो छोरालाई दिनू। घरबेटीहरूलाई कसैले केही नगर्नू। अरसलाई पनि कसैलाई केही नगर्नू। मेरो लास जसरी हुन्छ घरसम्म पुर्‍याइदिनू। अफ्ठेरोमा मेरो छोरालाई हेर्दिनू। छोरा चिन्ता नगर्नू है।

यही सम्झिनू मेरो आमा सानैमा मरेको हो भनेर मन बुझाउनू। सबैले मलाई कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो। कति बेला के हुन्छ थाहा छैन मेरो जीवन।