• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना ★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस्

मृत अवस्थामा भेटिएकी गायिका सुनारले सुसाइड नोटमा के लेखेकी थिइन् ?



काठमाडौं । लोक गायिका दिलमाया सुनार आफ्नो डेरामा मृत फेला परेकी छन् । सुर्खेत स्थायी घर भएकी सुनार शनिबार काठमाडौंमा आफ्नो डेरामा मृत फेला परेकी हुन् ।

घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त बालाजुले एक जनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार बिहान सुनारको कोठामा पुगेका व्यक्तिलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

सुनारले शुक्रबार राती आफ्नो फेसबुकमा केही रोइरहेको टिकटक सहित स्टाटस पनि लेखेकी थिइन् ।

३० वर्षीया गायिका दिलमायाले चर्चित ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चामा थिइन् । केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।

यस्तो छ उनले लेखेको नोट
नमस्कार सबै जनामा र मिठो सम्झना छ। जिन्दगीको उचारचढाव धेरै भोगेँ। तर जब म जान्ने भए अनि म एक्लो भएँ। र कसैको माया माया पाउन जति कोसिस गरे पनि सकिनँ। तर पनि हार खाइनँ। तर ऐले धेरै गाह्रो भयो। म बाँचेर पनि दिनदिनै मर्न सकिनँ। आमा तिम्री छोरी धेरै थाकिछे। जिन्दगीको मोडमा धेरै अप्ठेरा आए। पार पनि गरेँ। जसलाई राम्रो गर्छु भने पनि भएन।

म कहाँ जाऊ आमा ? दुःख पोख्न माइती आउँ भने तिमीलाई सबै कुरा थाहा छ। म भित्रभित्रै मरेर बाचेछु। आमा म नभएर के भो त चार बहिनी छोरी छन्। मन बुजाउनू, नरुनू। छोरा तिमीलाई धेरै पढाउन मन र ठूलो मान्छे बनाउन मन थियो, सकिनँ। तिमी जसरी भए पनि ठूलो मान्छे बन्नु है। म नभए ता पनि मेरो आशिर्वाद् सधैँ तिमिसित हुनेछ।बहिनी हर्ष आमालाई गाली नगर्नू अनि आमा बाँच्दासम्म मेरो कमी हुन नदिनू। मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनू जसले भए पनि। म थाकेँ। धेरै थाकेँ।

अब म बाँच्न सक्दिनँ। यो दुनियाँ धेरै स्वार्थी छ।म आफ्नो इच्छाले यो कदम उचालेकी छु। कसैलाई दोष छैन। कसैले खोजी नीति पनि नगर्नू र मलाई पोष्टमार्टम पनि नगर्नू, मसित पैसा छैन। मसित थोरै सुन छ। त्यो सुन बेचेर मेरो छोरालाई दिनू। घरबेटीहरूलाई कसैले केही नगर्नू। अरसलाई पनि कसैलाई केही नगर्नू। मेरो लास जसरी हुन्छ घरसम्म पुर्‍याइदिनू। अफ्ठेरोमा मेरो छोरालाई हेर्दिनू। छोरा चिन्ता नगर्नू है।

यही सम्झिनू मेरो आमा सानैमा मरेको हो भनेर मन बुझाउनू। सबैले मलाई कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो। कति बेला के हुन्छ थाहा छैन मेरो जीवन।