९ असार २०८३, मंगलवार
,
Latest
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा पुगेपछि अहंकारको घोडा चढने प्रवृत्तिविरुद्ध लड्नुपर्छः माधव नेपाल



अ+ अ-

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्र अहंकारवादविरुद्ध लडनुपर्नेमा जोड दिनु भएको छ ।

अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसविरुद्ध लडनुपर्ने आवश्यकता औंल्याउनु भएको हो । ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आईतबार काठमाडौंमा बिमोचन गर्दै उहाँले नेपालको कम्युनिष्ट पार्टी भित्र आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैर कम्युनिष्ट प्रवृत्ति मौलाउँदै आएको उल्लेख गर्दै त्यस्ता प्रवित्तिहरुलाई निस्तेज पारेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । 

उहाँले भन्नु भयो, ‘आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैर कम्युनिष्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौं । अनि सत्तामा पुगेपछि अहंकार घोडा चढने प्रवृति पनि देखिरहेका छौं । र कम्युनिष्ट पार्टी भित्रैबाट यस्ता खालका गैर सर्वहारा बर्गीय चिन्तन देखिने गरेको छ । यस्ता सबै खालका गैर सर्वहारा बर्गीय चिन्तनलाई परास्त गरी जनताको मन जित्ने गरी सबै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले काम गर्न पर्दछ ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरुले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान संचालन गर्नुपर्ने पनि बताउनु भयो । उहाँले नेपालको कम्युनिष्ट पार्टी नै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दावी गर्दै ती कम्युनिष्ट पार्टीहरुले मात्रै बास्तविक रुपमा देशलाई एकतावद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने तर्क पनि गर्नु भयो ।