९ असार २०८३, मंगलवार
,
Latest
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको शैली देखेर परमादेश दिने भित्री-बाहिरी ‘श्रीमान्’ हरूलाई कस्तो लागेको होला ?: बिष्णु रिजाल



अ+ अ-

काठमाडौं  । नेकपा एमालेका नेता बिष्णु रिजालले बर्तमान सरकारको शैली देखेरपरमादेश दिने भित्री-बाहिरी ‘श्रीमान्’ हरूलाई पनि त्यति मजा लागेको छैन होला भन्दै टिप्पणी गर्नुभएको छ । सामाजिक संञ्जालमा  रिजालले लेख्नु भएको छ –शेरबहादुर देउवालाई प्रधानमन्त्री हुनु थियो, भइहाल्नुभयो । बॉकी कुनै हतार छैन । दुई महिनासम्म मन्त्रिपरिषद् बनाउन नसक्ने प्रधानमन्त्रीले देश बनाउँछन् भनेर कसले विश्वास गर्ला ? एकजना व्यक्ति हटाउनेबाहेक गठबन्धनबीच न एजेन्डामा सहमति छ न त कहॉ जाने भन्ने मार्गचित्र छ ।
दुई महिनामा छिमेकीसँग सम्बन्ध बिगार्ने, संविधानको धज्जी उडाउने र अध्यादेश ल्याएर अर्काको पार्टी फुटाएर आफू बलियो बन्ने षड्यन्त्रबाहेक केही उपलब्धि देखिएन । परमादेश दिने भित्री(बाहिरी ‘श्रीमान्’ हरूलाई पनि त्यति मजा लागेको छैन होला !