काठमाडौं । निर्वाचन अयोगमा नेकपा (समाजवादी) पार्टी दर्ता भई दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।
बूढानीलकण्ठमा कार्यालय रहेको सो पार्टीको संयोजकमा राजु कार्की रहेका छन् । चुनाव चिन्ह कार राखिएको छ।
संयोजकबाहेक प्रवक्ता रहनेगरी ५१ जनाको केन्द्रीय कमिटी बनाइने भएको छ ।
कार्की नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मा किसान महासंघको अध्यक्ष थिए ।
महासचिव विप्लवसँग विचार नमिलनेपछि आफूले दुई वर्षअघि नै उनलाई छोडेर नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया चालेको उनको भनाई छ ।












