८ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका इन्दिरा जोशीले गरिन् बिहे



अ+ अ-

काठमाडौं । गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा बाँधिएकी छन् ।

उनले मंगलबार चितवनको बाराही जंगल लजमा प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी हुन् । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त गरी ५० जनाको उपस्थिति रहेको थियो ।

आइतबार बिहेको कार्ड सार्वजनिक गर्दै उनले विवाह गर्न लागेको जानकारी दिएकी थिइन् ।

इन्दिराले आफ्नो इन्स्टाग्राममार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै ‘अब हामी श्रीमान–श्रीमती भयौं,’ लेखेकी छन् ।

तीन वर्षदेखि सम्बन्धमा रहेको इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए ।

इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी दिने जनाइएको छ ।

 




भर्खरै