जनकपुरधाम । जनकपुरधाममा डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको विस्तारित बैठक जारी छ ।
जनकपुरधामस्थित न्यू चन्दन होटलमा केन्द्रीय सचिवालय समितिको बैठक बसेको हो ।
बिहीबारसम्म चल्ने बैठकमा संगठन विस्तार र आगामी निर्वाचन रणनीतिबारे छलफल हुने बताइएको छ ।
बैठकमा निर्वाचित केन्द्रीय समितिका पदाधिकारी, मोर्चाका प्रमुखहरू, जिल्ला समन्वय समितिका पदाधिकारीहरु सहभागी छन् ।








