१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

व्यवसायीका समस्या हल गर्न पहल गरिरहेका छौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

व्यवसायीका समस्या हल गर्न पहल गरिरहेका छौँ : वरिष्ठ उपाध्यक्ष ढकाल
अ अ+ अ-

मोरङ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीहरुको छाता संस्थाको हैसियतले महासङ्घले पहल गरिरहेको बताउनुभएको छ । 

मोरङको उर्लावारीस्थित उर्लावारी उद्योग वाणिज्य सङ्घको ३३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको बताउँदै व्यवसायीका समस्याको समाधान गरी व्यवसायीको उत्थानका लागि महासङ्घले नेपाल सरकारसँग राहतका कार्यक्रमका लागि पहल भइरहेको बताउनुभयो । 

कोभिडको महामारीका कारण सबैक्षेत्र प्रभावित भएपनि अर्थतन्त्रको ठूलो हिस्सा धान्दै आएका देशका निजी क्षेत्रका व्यवसायी अहिले नराम्ररी प्रभावित बनेका उहाँले बताउनुभयो ।  ढकालले भन्नुभयो “देशको व्यवसाय कोरोना महामारीका कारण निकै नै प्रभावित छ । बैंकको व्याजदेखि घरभाडासम्मका कुरा आउँछन् । आम व्यवसायीका समस्यालाई समाधान गर्ने हाम्रो पहल हुनेछ । यसका लागि सरकारलाई हामीले बारम्वार घच्घच्याइरहेका छौँ ।”

महासङ्घले महिला उद्योगीहरुको उत्थान र समग्र व्यवसायीहरुको वृहत्तर हितका लागि निरन्तर काम गरिरहेको पनि जानकारी दिनुभयो ।  कार्यक्रममा महासङ्घका प्रदेश नम्वर १ का अध्यक्ष टीकाराज ढकाल, उर्लावारी नगरपालिकाका प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लावारी उद्योग वणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार रिजाल लगायतले देशका व्यवसायीका समस्या समाधानका लागि नेपाल सरकारसँग पहल गर्न वरिष्ठ उपाध्यक्ष ढकालसँग आग्रह गर्नुभएको थियो ।  सो कार्यक्रममा यस क्षेत्रका उत्कृष्ट पाँच व्यवासायी र एक जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । 

सङ्घको नेतृत्व चयनका लागि विहीवार निर्वाचन हुने उर्लावारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रितम खड्गीले बताउनुभयो । सोह्र पदका लागि ३३ जनाको उम्मेद्वारी रहेकाले विहीवार निर्वाचन हुने बताइएको छ ।  निर्वाचनका लागि तारामान लिम्बू र शेरबहादुर भण्डारीको टिम चुनावी मैदानमा छ । सङ्घमा एक हजार ७०२ सदस्य आबद्ध छन् । उनीहरु निर्वाचनमा सहभागी हुने बताइएको छ । रासस