१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

४४ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको चार्टर्ड बिमान बेइजिङ जाँदै

४४ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको चार्टर्ड बिमान  बेइजिङ जाँदै
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमको चार्टर्ड बिमान चीनमा कोरोना भाइरसविरुद्धको ४४ लाख डोज खोप लिन आज प्रस्थान गर्दैछ । निगमका अनुसार बेइजिङ तर्फ बेलुका पौन ६ बजे जहाज जानेछ र शुक्रबार नेपाल फर्किने छ । 

सरकारले पछिल्लो पटक ६० लाख डोज खोप चीनबाट खरिद गरेको थियो । जसमा १६ लाख एक साता अघि नै आइसकेको छ ।

यसअघि २४ लाख कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख डोज अस्ट्राजेनेका खोप नेपाल आइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६० लाख व्यक्तिले पहिलो डोज लगाएका छन् भने ५४ लाख १५ हजारले दोस्रो एवं पूर्ण मात्रा लगाएका छन् ।

नेपालमा बुधबार साँझसम्म १० हजार ९९१ जनाको कोभिड संक्रमणका कारण निधन भइसकेको छ । अझै पनि ४०७ जनाको आइसियूमा तथा १२९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

 मन्त्रालयका अनुसार देशभर अझै पनि २४ हजार ६८३ जना घरमै आइसोलेसनमा रहेका छन् भने एक हजार ६२४ जना संस्थागत आइसोलेसनमा छन् । २१८ जना क्वारेन्टाइनमा रहेका छन् ।