• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

हाम्रो समाज यति सङ्कीर्ण र साम्प्रदायिक भइसकेछ, पत्तै भएन : उपेन्द्र सुब्बा



कवि, कलाकार उपेन्द्र सुब्बा (फाइल तस्वीर)

काठमाडौंः चर्चित कवि, लेखक एवं कलाकार उपेन्द्र सुब्बाले कबड्डी४ की अभिनेत्री मिरुना मगरमाथि भएको दुव्र्यवहारको घटनाबाट आफू निकै चिन्तित र दुःखित भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा उनले पोस्ट गरेको एउटा स्टाटसमा यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात रहेको भन्दै “सरी नानी” लेखेका छन् ।

पहिचानको पक्षमा बीस वर्ष यता निरन्तर लेख्दै बोल्दै आएको बताउँदै उनले अगाडि भनेका छन्, “तर मलाई पत्तै भएन हाम्रो समाज यती संक्रिर्ण र साम्प्रदायिक भइ सकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइ सकेछौं ।

“मेरो जाति, मेरो भाषा, मेरो मान्छे । यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइ सकेछौं । होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनु हुन्छ, फुर्पाभाइको ठाउंमा अरु कोहि बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली वैज्वत गर्नु हुन्थ्यो होला ? म त आदिवासी हुनुमा गर्व गर्थें। तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बु सब एकै हो सोच्थें ।

यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी

कबड्डी ४ मा अभिनय समेत गरेका कलाकार उपेन्द्रले गरेको पोस्टप्रति सयौं व्यक्तिले प्रतिक्रिया जनाएका छन् । जसमा केही व्यक्तिले मिरुनामाथि भएको दुव्र्यवहारलाई व्यक्तिगत घटनाका रुपमा लिनुपर्नेमा त्यसो हुन नसकेकामा दुःख व्यक्त गरेका छन् । कतिपयले यस घटनालाई जातीय, धार्मिक र साम्प्रदायिक रङ दिएपछि समस्या सिर्जना भएको गुनासो गरेका छन् ।

नेपाली समाजभित्र पहिचानको खोजी गर्नेहरुप्रति लक्षित गर्दै राजकुमार राईले लेखेका छन्, “पहिचानको आन्दोलन आआफ्ना भाँडा भर्ने साधन बनाएको परिणाम हो ।”

अभिनेत्री मिरुनाले फेसबुकमा बिहीबार नै एउटा स्टाटस पोस्ट गर्दै आफूले गरेको कार्य ९कुटपिट० कुनै पनि धर्म र समाज विरुद्ध नभई व्यक्ति विरुद्ध भए तापनि यस घटनाबाट जान अन्जानबाट दुःखित हुनुहुने सबैप्रति क्षमायाचना गरेकी छिन् ।