११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् सचिवालयमा पुग्यो यौन हिंसाका मुद्दामा हदम्याद बढाउने विधेयक



अ+ अ-

काठमाडौँ । संसद् सचिवालयमा यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउनेसम्बन्धी विधेयक पुगेको छ ।

एक युवतीले आठ वर्षअघि एउटा सौन्दर्य प्रतियोगिताका सञ्चालकबाट आफूमाथि बलात्कार भएको सामाजिक सञ्जालमार्फत् बताएपछि आरोपितमाथि छानबिनको माग गर्न अधिकारकर्मी, कानूनकर्मी र सर्वसाधारणहरूले यस विषयमा आवाज उठाइरहेका थिए ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले पनि बलात्कार र यौन उत्पीडनको हकमा कानूनले तय गरेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका थिए।

सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसासम्बन्धी मुद्दामा शीघ्र छानबिन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका थिए ।

यसरी चौतर्फी यौन हिंसाका मुद्दामा पीडितले उजुरी गर्ने हदम्याद बढाउनुपर्ने आवाज उठेपछि सरकारले उक्त विधेयक लगेको हो ।

संसद सचिवालयका अनुसार कानून, न्याय तथा संसदीयमामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्धामा हदम्याद बढाउने सम्बन्धी विधेयक आइतबार दर्ता गराएका छन् ।

मुलुकी अपराध संहितामा हाडनाता करणी र नाबालकमाथिको बलात्कारबाहेक अरु बलात्कार तथा यौन हिंसाको मुद्दामा पीडितले उजुरी गर्न पाउने हदम्याद एक वर्ष तोकिएको छ ।