काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन तारा एयरको ९ एन एईटी ट्विनअटर विमानमा अर्का विमानचालक पनि रहेका थिए । यद्यपि उनी सो विमानमा यात्रुका रुपमा रहेको बताइएको छ ।
यति एयरलाइन्सका बरिष्ठ पाइलट वसन्त लामा सो विमानमा रहेका थिए । उनीसँग विमान चलाएको २५ वर्षको अनुभव रहेको छ ।