२५ पुष २०८१, बिहीबार
,
Latest
रवि धरौटी बुझाएर कास्कीबाट रिहा, जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुने रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने अदालतको आदेश-पूर्णपाठ बीमा कम्पनीले संकलन गर्ने प्रिमियम रकम विकास निर्माणमा लगानी गर्नुपर्छः अध्यक्ष ढकाल धरौटी बुझाए लगत्तै रवि लामिछानेलाई काठमाडौं ल्याइने सूर्यदर्शन सहकारी ठगी प्रकरणः कोसँग कति धरौटी माग ? छविलाल जोशीलाई धरौटीमा छोड्न आदेश रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन



file
अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा गुडिरहेको माइक्रोबस र जिपमाथि पहिरो खसेको छ ।

मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग१ख ९९०९ नंको यात्रुवाहक माइक्रोबस र प्रदेश३–०१–०२३च ०५३५ नंको कारमाथि करिब साढे ५ बजेतिर पहिरो खसेको हो ।

पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार माइक्रोका चालक नवलपुर कावासोती नगरपालिका–७ बस्ने ३६ वर्षीय टीकाराम महतोको हातमा सामान्य चोट लागेको हो । मानवीय क्षति नभए पनि गाडीमा भने क्षति पुगेको छ ।

अहिले साँझ ६ः३० बजेबाट एकतर्फी मात्र यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । दुईतर्फी सडक खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।