१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाउन मन्त्रिपरिषद्ले दियो सैद्धान्तिक सहमति



अ+ अ-

काठमाडौँ । पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा प्रतिलिटर १० रुपैयाँले घट्ने भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा प्रतिलिटर १० रुपैयाँ घटाउन सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयको भनाइ छ ।

अब नयाँ बजेटमा पेट्रोलियम पदार्थको करमा १० रुपैयाँ घटेर आउने छ । यद्यपि कुन कुन शीर्षकमा कर घटाउने हो भन्ने निर्णय हुन बाँकी रहेको बताइएको छ । आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा कर घटाउने प्रस्ताव लगेको थियो । कर घटाउँदा भन्सार र पूर्वाधार करमा पाँच/पाँच रुपैयाँ घटाउन सकिने समाचार छ ।

हाल नेपाल आयल निगमले सरकारलाई प्रतिलिटर पेट्रोलमा विभिन्न शीर्षकमा ५४ रुपैयाँ ४७ पैसा कर तिर्दै आएको छ । अर्थात उपभोक्ताले त्यति नै बराबरको कर तिर्दै आएका छन् । त्यस्तै उपभोक्ताले डिजेलमा सरकारलाई ३७ रुपैयाँ तिर्नुपरिरहेको छ ।