७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी

आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ

आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरको नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहकी श्रीमती सबिना काफ्लेले आफ्ना श्रीमान बालेन प्रतिको विश्वास र दृढताबारे दिल खोलेर प्रशंसा गरेकी छिन् ।

काफ्लेले श्रीमानको जितसंगै भावी दिनमा आउने चुनौतीहरु बारे पनि बालेनलाई सजक गराएका छन् । उनी आफ्ना श्रीमान बालेनप्रति गर्व गर्दै लेख्छिन् आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ ।

शुक्रवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मत परिणाम सार्वजनिक गर्दै आयोगले मेयरमा बालेन्द्र (बालेन) साहको नाम औपचारिक रुपमा घोषणा गरेको थियो । नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहको जितबारे सुरुवाती दिनहरुबाटै सजिलै जनताले अडकलबाजी गरिसकेका थिए । मतगणना भईरहँदा उनी सधैं अग्रस्थानमै रहेका थिए ।

त्यसैगरी श्रीमती सबिना काफ्लेले जनताले आफ्ना श्रीमान बालेनप्रति देखाएको विश्वास, माया र साथलाई पनि सम्झिँदैं लेख्छिन्- ‘घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।’

श्रीमती काफ्लेको यो भनाईलाई हेर्दा उनी कहिँ कतै बालेनले यस जित प्रति खुसी संगसंगै अब उनको श्रीमानको जिवनमा आउने बाधा अड्चन र चुनौतीहरूलाई सम्झेर गम्भिर रहेको पनि देखिन्छ । त्यसो त नवनिर्वाचित मेयर बालेन साहको जितपछिको विजय उत्सव तथा धन्यवाद र्यालीले पनि उनको समर्थक र शुभचिन्तकहरुको कुनै कमि नरहेको छर्लङ्ग पारिसकेको छ ।

सयौंको संख्यामा मानीसहरु बालेनको समर्थनमा सडकमा उत्रिएका छन् । मतगणना स्थाल राष्ट्रिय सभा गृह अगाडि बसेर बालेनको जितको उत्सव मनाईरहेका छन् ।

अन्तिममाः श्रीमती काफ्ले लेख्छिन्- ‘घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ । तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।’

बालेन साहकी श्रीमती सबिना काफ्लेले सामाजिक सञ्जालमा यी सबै कुराहरु उल्लेख गरेकी छिन् ।