• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
सैंबु ब्याडमिन्टन सर्कलको उपाधि हेम र खिमको जोडीले जिते

ललितपुरः सैंबु ब्याडमिन्टन सर्कलद्वारा आयोजित तेस्रो आन्तरिक पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि हेमबहादुर गुरुङ र खिमबहादुर श्रीसको जोडीले जितेको छ । ललितपुर महानगरपालिका वडा न. १८ को मगरगाउँमा आयोजित उक्त प्रतियोगितामा द्वितीय स्थान सुरज थापा र सुरेश तामाङ तथा तृतीय स्थान शंकर थापा र ओमबहादुर खड्काको जोडीले जितेको थियो ।