६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दसैँको समयमा उपत्यकामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु

काठमाडौँ। काठमाडौँ उपत्यकामा दसैँको समयमा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले असोज ६ गते घटस्थापनादेखि असोज २१ गते कोजाग्रत पूर्णिमासम्म सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको राससलाई जानकारी दिनुभयो । उक्त अवधिमा १५३ सवारी दुर्घटना भएको थियो ।