२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएपछि मन्त्री फेर्ने गृहकार्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै सत्तारुढ दलभित्रैबाट आलोचना बढेपछि मन्त्रिपरिषद्का सदस्यहरु फेरबदलको गृहकार्य सुरु भएको छ । प्रधानमन्त्री ओलीले नै धेरै मन्त्रीको कामप्रति असन्तुष्टि जनाउँदै आउनुभएको छ । यो अवस्थामा सरकारले गति लिन नसक्ने भएपछि मन्त्रीहरु परिवर्तनको गृहकार्य सुरु भएको छ ।