© 2023
धरान, (सुनसरी) । करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहनुभएका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउनुहुन्छ । इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्कनुभएको हो । उहाँले सानो लगानीबाट पशुपालन र मौरीपालनमा गर्नुभएको थियो ।