४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

पर्सा। सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले भन्सार छलेर ल्याइएका रु १८ लाख ५५ हजार ३५५ बराबरका कपडा बरामद गरेको छ । भन्सार छलेर ल्याइएका कपडा वीरगञ्ज महानगर–१ स्थित छपकैया र नदिया टोलका गोदामबाट बिहीबार बरामद गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बताउनुभयो ।