© 2023
बैतडी। भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बर्डफ्लु भित्रिन नदिन यहाँका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तले जानकारी दिनुभयो । भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमाक्षेत्रमा कडाइ