© 2023
काठमाडौँ। बाइसौँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ अन्तर्गत पिपुल्स च्वाइस विधाका पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल मनोनयनमा परेको जानकारी दिइयो