© 2023
काठमाडौं । काठमाडौंको बाँसबारीमा जमिन भासिएपछि साढे दुईतले घर पल्टिएको छ । बाँसबारीस्थित हरि श्रेष्ठको साढे दुईतले घरमा दार्चुलाका नरबहादुर बमले सञ्चालन गर्दै आएको न्यु गण्डकी गेस्टहाउस जमिन भासिएपछि पल्टिएको हो । घर पल्टिएर डाँडामा रहेको बाँसको झ्याङमा अडेस लागेर रोकिएको छ । जमिन भासिएपछि घरको संरचना जोखिमपूर्ण बनेको छ