• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
गिठीदेवीलाई ८९ वर्षमा नागरिकता

मष्टा (बझाङ) । जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँमा हुनुहुन्छ, ८९ वर्षीया गिठीदेवी जोशी । गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाउनुभयो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सदरमुकाम नजिकै बस्नेले जन्मेको नौ दशकसम्म पनि नागरिकता नपाएकोबारे मनमा प्रश्न उब्जनु