© 2023
काठमाडौँ । काठमाडौँमा जारी एसिसी मेन्स प्रिमियर लिगको फाइनलको बाँकी खेल र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु भएको छ । हिजो वर्षाका कारण खेल रोकिएपछि आज सोही खेललाई निरन्तरता दिइएको हो । दर्शकहरु मैदानमा विहान पुगिसकेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिएको छ ।