१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव हो: राष्ट्रपति भण्डारी (भिडियो सहित)



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन संञ्चालन हुनु भएको बताउनु भएको छ ।

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्नुहुदै राष्ट्रपति भण्डारीले आवधिक निर्बाचनले जनतामा निहित सार्बभौमसत्तालाई औपचारिक रुपले अभिव्यक्त गर्दे राज्य शक्तिको बास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यबहारमा प्रकट गर्ने उल्लेख गर्नुभयो ।

सन्देशमा भनिएको छ – समाज र राष्ट्रका बिकासमा मुद्दाहरुलाई जनताको घरदैलो सम्म पुर्योउने बिशेष अबसरका हामीले निर्वाचनलाई ग्रहण गर्नुपर्दछ । निर्वाचन लोकतन्त्रको सबैभन्दा ठुलो उत्सबका रुपमा रहेको हुनाले स्वतन्त्र निष्पक्ष र भय रहित भएर हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने बतावरण निर्माण गर्नु हामी सबैको दायीत्व हो त्यसैले बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा निर्धक्क भै मतदान गर्न म सबै दिदी बहिनी तथा दाजु भाईहरुमा हार्दिक आव्हान गर्दछु ।

भिडियो: राष्ट्रपतिको कार्यालय