७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

विशिष्ट पर्यवेक्षकहरुबाट मतदान केन्द्रको निरीक्षण (भिडियोसहित)

विशिष्ट पर्यवेक्षकहरुबाट मतदान केन्द्रको निरीक्षण (भिडियोसहित)
अ+ अ-

काठमाडौं । पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक बिशिष्ट सुशीला कार्की सहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ ।

पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो । मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्व प्रधानन्यायाधीश कार्कीले मतदान स्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया दिनुभयो । उहाँले मतदान केन्द्रमा महिला र पुरुषहरुका लागि छुट्टै ठाउँ बनाएर मतदान गर्ने व्यवस्था मिलाएको पनि बताउनु भयो । उहाँले मतदान स्थलमा पानी परेमा ओत लाग्ने गरी लाइनको व्यवस्था मिलाएर मतदान केन्द्रलाई व्यवस्थित बनाएको बताउनु भयो ।

पर्यवेक्षक कार्कीले भन्नुभयो, ‘सबै व्यवस्था राम्रो भएको छ । यहाँ महिला र पुरुषहरुका लागि छुट्टै मतदान गर्ने व्यवस्था मिलाएको रहेछ । राम्रो छ । सबै व्यवस्था आजसम्मका लागि मिलाएको छ । यसलार्य निरन्तरता दिएर भोलि निर्धक्क, भयरहीत भइ निर्वाचन गर्न सक्ने विश्वास लिएकी छु ।’

स्थानीय तहको निर्वाचन भोलि (शुक्रवार) देशभर एकसाथ हुँदैछ । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बुधवार र बिहीवार मतदाता शिक्षा र मतदाता परिचय पत्र सम्बन्धित मतदान केन्द्रबाट वितरण गरिरहेको छ । आजसम्म स्थानीय तहको निर्वाचनका लागि सबै तयारी सक्ने र भयरहीत वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले मतदान दिन जाँदा मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्र लगायतका कागजातहरु, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जानिने कुनै वस्तु लैजान नपाउने बताएको छ । त्यस्तै आयोगले मतदाता नामावलीमा समावेश भएका मतदाताहरुले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी, जग्गाधनी प्रमाणपत्रका आधारमा भोट हाल्न पाउने व्यवस्था गरेको छ ।