३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा महिला मतदाता बढी



अ+ अ-

ललितपुर । ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन् । जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन् ।

जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् । ललितपुर महानगरपालिकामा महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कूल एक लाख २२ हजार ८९० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोमा घिमिरेले जानकारी दिनुभयो ।

यस्तै महालक्ष्मी नगरपालिकामा पुरुष १७ हजार ५४८ र महिला १९ हजार ११९ गरी कूल ३६ हजार ६६७, गोदावरी नगरपालिकामा पुरुष २६ हजार ६२९ र महिला २७ हजार ७६९, तेस्रोलिङ्गी एक गरी कूल ५४ हजार ३९९ मतदाता छन् । कोन्ज्योसोम गाउँपालिकामा पुरुष चार हजार ३१२, महिला चार हजार २७६ गरी कूल आठ हजार ५८८, बागमती गाउँपालिकामा पुरुष पाँच हजार ९६०, महिला ६ हजार ३६८ गरी कूल १२ हजार ३२८ तथा महाङ्काल गाउँपालिकामा पुरुष चार हजार ६२३, महिला चार हजार ३८९ गरी कूल नौ हजार १२ मतदाता रहेको घिमिरेले बताउनुभयो ।

त्यसैगरी ललितपुरमा १३१ मतदानस्थल र २८८ मतदान केन्द्र निर्धारण गरिएको छ । ललितपुर महानगरपालिकामा ५२ मतदानस्थल र १३७ मतदान केन्द्र, महालक्ष्मीमा १८ मतदानस्थल र ४३ मतदान केन्द्र, गोदावरीमा ३१ मतदानस्थल र ६६ मतदान केन्द्र, कोन्ज्योसोममा सात मतदान स्थल र १२ मतदान केन्द्र, बागमतीमा १३ मतदानस्थल र १७ मतदान केन्द्र तथा महाङ्कालमा १० मतदानस्थल र १३ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।