२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढुवा निर्णयमा वरीयता मिचिएपछि दुई वरिष्ठ एआईजी अदालत जाँदै



अ+ अ-

काठमाडौँ । सरकारले आफूहरुभन्दा कनिष्ठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई महानिरीक्षक (आईजीपी) बनाएपछि दुई जना वरिष्ठ अतिरिक्त महानिरीक्षक (एआईजी) अदालत जाने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आफूहरुभन्दा १६ महिना कनिष्ठ एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाएपछि वरिष्ठ एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीसँगै परामर्शमा जुटेका छन् ।

अदालत खुल्नासाथ सरकारको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपीमा नियुक्त गर्न माग गर्दै रिट दर्ता गर्ने तयारी गरेको बताइएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई २०७७ मङ्सिर २५ मा एआईजीमा बढुवा गरेको थियो । थापा गत असार २४ मा तथा सिंह गत चैतमा एआईजीमा नियुक्त भएका थिए ।




भर्खरै