२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचन: बाँकेमा बढ्यो चुनावी सरगर्मी



अ+ अ-

राँझा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्दै गएको छ । बाँकेमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सबै राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् । वडास्तरमा निर्वाचन कार्यालय स्थापना गर्नेदेखि टोलमा समिति गठनसम्मका काम भइरहेका छन् ।

बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह तथा ८१ वडा रहेका छन् । एमालेले वडास्तरमा निर्वाचन कार्यालय स्थापना गरेर अब उम्मेदवार छनोट प्रक्रियामा लागेको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँले जिल्ला पदाधिकारी बैठक बसेर वडास्तरमा एकै दिन सबै वडामा सर्वसम्मत उम्मेदवार छनोटका लागि आन्तरिक पार्टी निर्देशन जारी गरिएको बताउनुभयो ।

नेपाली कांग्रेसले वडास्तरमा आफ्ना गतिविधिलाई तीव्रता दिएको छ । गठबन्धन सम्बद्ध दलहरुसँग छलफल गर्नेदेखि आफ्नो पार्टी गतिविधिलाई वडा तहमा पु¥याउने काम भइरहेको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो । उहाँका अनुसार, वडास्तरबाट पार्टी संयन्त्र परिचालन भइरहेका छन् भने उम्मेदवारीका लागि छलफल अगाडि बढिसकेको छ ।

माओवादी केन्द्रले पार्टी सङ्गठनले छलफललाई तीव्रता दिएको छ । उम्मेदवार छनोटदेखि गठबन्धनका लागि दलहरुसँग छलफल गर्नेसम्मका काम गरिरहेको माओवादीले सङ्गठन विस्तारलाई वडा तहमा पु¥याएको जिल्ला संयोजक डम्मर विकले जानकारी दिनुभयो ।

राप्रपाले उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । एकदुई दिनमा उम्मेदवारको टुङ्गो लाग्ने जानकारी दिँदै राप्रपा महामन्त्री डा धवलशम्शेर राणाले निर्वाचन अभियानमा सिङ्गो पार्टी पङ्क्ति होमिएको उल्लेख गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवार नै टुङ्गो लगाएर प्रचारमा जुटिसकेको छ । नेपालञ्ज, डुडुवा, जानकी र नरैनापुरमा उम्मेदवार टुङ्गो लागिसकेको जिल्ला अध्यक्ष कमरुद्दिन राईले बताउनुभयो । उहाँले अन्य बाँकी पालिकामा गठबन्धनको निर्णय आएसँगै टुङ्गो लगाउने जानकारी दिँदै जसपाले चारवटा पालिकामा आफ्नो नेतृत्व पाए मात्रै गठबन्धन गर्ने गरी केन्द्रमा सिफारिस पठाइएको उल्लेख गर्नुभयो ।